सिलगढी/कोलकाता: पश्चिम बंगालका राज्यपाल सीवी आनन्द बोसलाई उत्तर बंगाल विश्वविद्यालयका पूर्व उपकुलपति ओमप्रकाश मिश्राले मानहानीको नोटिस पठाएका छन्। पूर्व उपकुलपतिले ७ दिनभित्र राज्यपालले बिनासर्त माफी नमागेमा कानुनी कारबाही गर्ने चेतावनी समेत वकिलमार्फत दिएका छन्। यो सूचनालाई लिएर पश्चिम बंगालमा चर्को बहस सुरु भएको छ। उत्तर बंगाल विश्वविद्यालयका पूर्व उपकुलपति ओमप्रकाश मिश्रले राज्यपाल सीवी आनन्द बोसलाई एक वकिलमार्फत मानहानीको नोटिस पठाएका छन्।
ओमप्रकाश मिश्रका अधिवक्ता श्रावणी ब्यानर्जीले यो सूचनामा लेखेकी छिन्, ‘जुलाई १ मा मेरो क्लाइन्टले फर्वार्ड गरिएको ह्वाट्सएप सन्देश प्राप्त गर्यो। उनले भ्रष्टाचारको आरोपमा छानबिन गर्न आदेश दिएको उल्लेख छ। यो समाचार सामाजिक सञ्जाल, छापा तथा विद्युतीय सञ्चारमाध्यममा समेत प्रसारण भएको थियो। मेरो ग्राहकको यो गलत बयानबाट बदनाम भएको छ। तसर्थ, तपाईंले यो पत्र प्राप्त गरेको सात दिन भित्र बिना शर्त माफी माग्नु पर्छ। अन्यथा कानुनी कारबाही गरिने छ।











