कालचिनी: आजदेखि कालचिनी खण्डको हेमिल्टनगञ्जमा ऐतिहासिक ७८औँ रथ मेला आरम्भ भएको जानकारी मेला कमिटी सचिव प्राणकुमार सरकारले दिएका छन्। आज यस अवसरमा हेमिल्टनगञ्ज काली मन्दिर परिसरबाट साँझ ५ बजी रथलाई सजाएर निकालिएको थियो भने उक्त रथलाई छुन औ तान्नलाई हजारौँ मानिसहरूको भीड़ जमेको थियो। यस अवसरमा रथ निकाल्न अघि रथ मेला कमिटीले निमन्त्रणा गरेको सम्पूर्ण अतिथिहरूको आगमनसितै कालचिनी थाना प्रभारी टीएन लामाको नेतृत्वमा सुरक्षा व्यवस्था गरिएको थियो।
रथलाई आज काली मन्दिर परिसरबाट हेमिल्टनगञ्ज फरवार्डनगरस्थित कृष्ण मन्दिरमा तानेर लगिएको थियो। यसै अवसरमा आजदेखि हेमिल्टनगञ्ज काली मन्दिर परिसरमा मेलाको शुभारम्भ पनि भएको थियो।
आगामी ९ दिनसम्म यो रथ मेला चल्ने बताउँदै विशेषगरी कोरोना महामारीको कारण विगत दुई बर्ष रथ मेलाको आयोजना गर्न नसकिएको र यसपाली परिस्थितिमा सुधार आएकोले मेलाको आयोजना गरिएको जहाँ कमान बस्तीका मानिसहरू मेलामा आएर मनोरञ्जन लिन सकोस भनी मेला कमिटीको सचिव प्राणकुमार सरकारले जनाएका छन्। मेलामा रोटी पिङ लगायत मनियारी पसल एवम् श्रृंगार स्टल साथै विभिन्न खाद्य स्टलहरू रहेको मेला कमिटीले जनाएका छन्। यता मालबजार, मटेलीमा पनि धुमधामले रथयात्रा पालन गरियो।










