जीतको विजय उत्सव होइन, दुःखित परिवारको घरमा गएर सहायता गरिदिनुहोस: अनित थापा

IMG-20220701-WA0190.jpg

खरसाङ: मणिपुरको पैह्रोमा परेर मृत भएका पहाडका गोर्खे जवानहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले पार्टी कार्यकर्ता, समर्थक अनि नेतृत्वहरुलाई विजय उत्सवको कार्यक्रम भोलिदेखि स्थगित गरिदिने अपिल गरेका छन्। उनले मणिपुरमा मृत हुने दाज्यु भाइहरू हाम्रै हुन् र उनीहरूको मृत्युमा हामीले हाम्रो खुसी मनाउनु उचित होइन भन्दै विजय उत्सवको कार्यक्रम भोलिदेखि स्थगित राख्ने अपिल गर्दछु भनी बताएका छन्। अनित थापाले जीतको विजय उत्सव होइन तर दुःखित परिवारको घरमा गएर सहायता गरिदिनुहोस भनी भनी सबैलाई अपिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement