१९ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित जशोदा गिरी स्मृति फर्ष्ट डीविजन फूटबल लीगमा घुम जोरबंग्लो स्पोर्टिंग क्लब र हिमालयन फूटबल क्लबबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा बुधवार खेलिएको ग्रुप ए-को यस म्याचमा घुम जोरबंग्लो स्पोर्टिंग क्लबबाट सौरभ बराईली अनि हिमालयन फूटबल क्लबबाट मेण्डिस मंगरले गोल गरे। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।










