रथयात्रा उत्सव पालन

IMG_20220701_210157.png

नक्सलबारी: आज नक्सलबारीमा भव्य रूपमा रथयात्रा उत्सव पालन गरियो। आज दिउँसो १२ बजेर ४५ मिनटमा रथको डोरी तानेर रथयात्रा उत्सव शुरू गरियो। नक्सलबारीको रथखोलाको रथयात्राले यस वर्ष ५३ वर्षमा पाइला टेकेको छ। रथ पुजा कमिटीका सभापति विद्युत दासले बताएअनुसार रथयात्राको उपलक्ष्यमा साँझदेखि भक्तहरूको भीड बढ्नेछ। रथ उत्सवलाई केन्द्रं गरेर १२० जना भोलेन्टियर खटाइएको छ भने सीसीटीभी क्यामारा तथा पुलिसद्वारा नजरदारी गरिरहेको छ। यस अवसरमा ३०० भन्दा अधिक स्टलहरू लगाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement