
शहरमा देखाउनलाई सुनको कमी छ
गाउँमा चैं चाख्नलाई नूनको कमी छ
ताराहरु त झलमल्ल छन् नी हजुर
मनलाई शीतल दिने जूनको कमी छ
गीतहरु छन् मीठा मीठा लेखिएका
तर तिनमा हृदय छुने धुनको कमी छ
हेर्दा त सब का सब मान्छेकै चोलामा
तर धेरैमा मानवीय गुणको कमी छ
वीर भन्ने नाम मात्रै रह्यो हाम्रो जातिको
नयाँ पुस्तामा गोर्खाली खूनको कमी छ
धमिरा र कीराले त खाइसके अस्तित्व
अब यसमा लाग्नुपर्ने घुनको कमी छll









