सोरेङमा आगजनी

IMG-20230718-WA0475.jpg

सोरेङ: मंगलबारे बजार नजिक पेमा तेञ्जिङ भोटियाको घर आगलागी काण्डमा क्षतविक्षत भएको छ। घटना मंगलबार दिउँसो १ बजीको हो। आगलागी काण्डको शिकार बनेको यस दुई ताले बिलडिङको भुइँतलामा एउटा निजी स्कुलका विद्यार्थीको होस्टेल थियो। दिउँसो नानीहरू स्कूल गएका थिए। पुलिस र स्थानीय नागरिकहरुको सहायतामा आगोलाई नियन्त्रणमा लिएको छ। यद्यपि, आगो नियन्त्रणमा ल्याउदा अघि नै पीडित भोटियाको धेरै नै नोक्सानी भइसकेको थियो। मध्य दिउँसो यसरी कहाँबाट आगो सल्कियो भन्ने कुरा पुलिसले जाँच गरिरहेको छ।

पीडित भोटियाको घर सोरेङ जिल्ला अन्तर्गत माबुङ सिगेङ ग्राम पञ्चायत एकाई अन्तर्गत मंगलबारे सिनियर सेकेन्डरी स्कूल नजिकै अवस्थित रहेको छ।

About Author

Advertisement