वर्तमान पानी झरीको समयलाई मध्य नजर राख्दै भागोप्रमो खरसाङ महकुमा समितिद्वारा आपदा प्रबन्धन समिति गठन

IMG-20220701-WA0174.jpg

खरसाङ। आजसम्मको अविरल बर्खाझरीलाई मध्यनजर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महकुमा समिति खरसाङको तत्वावधानमा आज एउटा सभा केन्द्रीय समिति सदस्य नेल्शन प्रधानको सभाध्यक्षतामा सम्पन्न भएको छ। २९ नम्बर समष्टिका सचिव भक्तिमान तामाङद्वारा सञ्चालित सभामा भागोप्रमोका विभिन्न क्षेत्रका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै महकुमाको महासचिव प्रणाम रसाइलीले अहिलेको स्थितिमा आपदा प्रबन्धन समिति गठनको औचित्यबारे आफ्नो मन्तव्य राखेका थिए। सभामा विभिन्न प्रस्तावहरू सर्वसम्मतिले पारित गरिएको छ। सभामा सर्वप्रथम मणिपुरको नोनेमा भएको भिषण प्राकृतिक प्रकोप, भयानक भलपैह्रोमा परेर धेरै जवानहरू निखोज भएका अनि कतिपयले ज्यानसम्म गुमाएर शहीद भएकहरूलाई सम्झनामा राख्दै श्रद्धाञ्जली अर्पण गर्दै एक मिनटको मौन धारण गरियो। सभामा दुई दिन अघिमात्र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चुनावमा विपुल मत हाँसिल गरेर बोर्ड गठन गर्न सक्षम भएकोमा सबैमा बधाईको आदान प्रदान गरिएको छ। सभामा मुख्य रुपमा वर्तमान समयको झरीलाई हेरेर सबै क्षेत्रका मानिसहरूलाई सठीक समयमा आवश्यक सहयोग पुरयाउनको निम्ति भागोप्रमो अध्यक्ष अनित थापाको दिशानिर्देशमा एक महकुमा एवं समष्टि स्तरीय “आपदा प्रबन्धन समिति” गठन गर्ने निर्णय लिएर समिति गठन पनि गरिएको छ। यो आपदा प्रबन्धन समितिले यो बर्खा झरीको अवधिमा आपतकालीन स्थिति उत्पन्न भएको खण्डमा अथवा कुनै पनि प्राकृतिक प्रकोप आइपरेको खण्डमा आ-आफ्नो क्षेत्रमा दिलोज्यानले मानिसहरूको अथवा पीडितहरूलाई सहयोग गर्नेछन् भन्ने निर्णय सर्वसम्मतिले पारित गरिएको छ। उक्त समितिमा संयोजक अथवा कोअर्डिनेटरको रूपमा सर्वसम्मतिले पेमेन्द्र गुरूङलाई चयन गरियो। गुरूङले यो अभिभारा सहर्ष स्वीकार गर्दै आफुले सकेजति निष्ठापूर्वक कर्तव्य पालन गर्ने वचन दिएका छन्। त्यसरी सब- कोअर्डिनेटरमा आशा मुखिया लामा, राजीव थापा अनि उषाकिरण तामाङलाई चयन गरिएको छ। अस्पताल अनि स्वस्थ्य सम्बन्धित कार्य हेरबिचार गर्ने अभिभारामा बलराम छेत्री अनि विशाल शर्मालाई सर्वसम्मतिले अनुमोदन गरिएको छ। महकुमा कार्यालय अनि खण्ड कार्यालयहरूसित आपदा प्रबन्धन विषय लिएर सम्पर्क राख्ने अभिभारा बहन गरिदिन राजु शर्मा अनि कमल शर्मा अनि रिपेन सेवालाई सर्वसम्मतिले अनुमोदन गरी पारित गरियो। समितिमा नेल्शन प्रधान, भक्तिमान तामाङ, उत्तम प्रधान, एनबी घले, प्रेम तामाङ, बिरबल पाखरिन, भोला राउत, बीएम लोप्चन, प्रणय रोका, गजेन प्रधान, रमेश सेर्पा, आशिष शर्मा, मणि कुमार विश्वकर्मा समितिमा सदस्यहरूका रूपमा चयन भएका छन्। यसको साथै प्रत्येक समष्टीका प्रत्येक भातृ संगठनका सभापति-सचिव एवं समष्टीका सभासदगण यस समितिमा अनुमोदित सदस्यको रूपमा रहनेछन् भनी सभामा सर्वसम्मतिले पारित गरिएको छ। आवश्यकता परेको खण्डमा आगामी दिनमा यस समितिमा अझ थप सदस्यहरू मनोनित गर्न सक्ने प्रावधान पनि राखिएको छ। सभालाई राजीव थापा, पेमेन्द्र गुरूङ, बीएम लोप्चन आदिले सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement