सिलगढी: सिलगढीको हिलकार्ट रोडस्थित एउटा टाईटन शोरूममा २ जना व्यक्तिले ग्राहक बनेर दोकानबाट चतुऱ्याइँको साथमा २ वटा घडी चोरी गरेको घटना प्रकाशमा आएको छ। यो घटना सीसीटीभी क्यामारामा कैद भएको छ। घटनाबारे थाहा पाएपछि आज सिलगढी थानामा लिखित अभियोग दर्ता गरेको छ। अभियोगको आधारमा पुलिसले दोकानमा जडान गरेको सीसीटीभी फुटेजको सहयोगमा २ जना चोरको खोजी शुरू गरेको छ। प्राप्त जानकारी अनुसार हिजो अपरान्ह २ जना व्यक्ति ग्राहकको रूपमा हिकलर्ट रोड स्थित एउटा टाइटन घडीको शो रूममा घडी किन्न आएका थिए। यसपछि ती दुईले शो रूमका मानिसहरूलाई आफ्नो कुरामा भुलाएर राख्नको साथै ५०० रुपियाँको खुजराको बहानामा शो रूमबाट लगभग ११ हजार रुपियाँ मूल्यको २ वटा घडी चोरी गरेर चम्पट कसेका थिए। चोरी भएको केही घण्टापछि शो रूमका मानिसहरूले यसबारे थाहा पाएपछि दोकानमा जडान गरेको सीसीटीभी फुटेज हेर्दा ती दुईजना व्यक्तिले घडी चोरेर लगेको थाहा पाएको बताइएको छ।