सिलगढ़ी। रिमझिम परियोजना अन्तर्गत आज लायन्स क्लब अफ इन्टरनेशनलको आवश्यकमन्द परिवारलाई निःशुल्क छाता वितरण गरियो। आज सिलगढ़ी बर्धमान रोड स्थित लायन्स क्लब अफ इन्टरनेशनलको कार्यालयमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो।
संस्थाको डिस्ट्रिक्ट गभर्नर हेमन्तकुमार अग्रवालले छाता वितरण सहित एसएफ रोडको सिद्देश्वरी काली मन्दिर परिसरमा स्थायी कम्युनिटी किचनको पनि शिलान्यास गरिएको साथै आज प्रायः २०० जना मानिसहरूलाई दिवा भोजनको व्यवस्था पनि गरिएको जनाएका छन्।











