१८ जुलाईः वेष्ट इण्डिज विरुद्ध डोमिनिकामा खेलिएको पहिलो टेस्ट म्याचमा आफ्नो चतुर स्पिन बलिंगको दममा १२ विकेट हासिल गरी विपक्षी टीमलाई चकित पार्ने अफ् स्पिनर रविचन्द्रन अश्विनले कुनै म्याचमा आठौंपल्ट दश विकेट लिएर महान लेग स्पिनर अनिल कुम्बलेको साथमा संयुक्त रूपले म्याचमा सर्वाधिकपल्ट दश विकेट लिने भारतीय बलर बने। टेस्ट क्रिकेटको इतिहासमा भारतको तर्फबाट सर्वाधिक विकेट (६१९) लिने बलर कुम्बलेले अश्विनको सराहना गरेका छन्। कुम्बलेले भने, अश्विनले ब्याटरहरूका दिमागसँग खेल्ने गर्छन्। यो ब्याटरमाथि दबाउ स्थानान्तरित गर्ने क्षमता पनि हो, जुन तपाईंले अश्विनको सामना गर्ने हरेक ब्याटरमा देख्न सक्नु हुनेछ। तपाईं यो उनको शारीरिक भाषामा देख्न सक्नु हुनेछ।
कुम्बलेले बताएअनुसार, अश्विनले वेष्ट इण्डिज टीमका देब्रे हातका ब्याटरहरू विरुद्ध क्रीजको पनि असल तरिकाले उपयोग गरेका छन्। यस तरिकाले नै उनले ओपनिंग ब्याटर तेगनारायण चन्द्रपललाई आउट गरेका थिए। कुम्बलेले भने, उनले देब्रे हातका ब्याटरहरूको नजिक आएर क्रीजदेखि बाहिर वाइड बलिंग गरे। एकपल्ट देब्रे हातका ब्याटरले बल भित्र आउने सोचे, त्यही समय अश्विनले चमत्कारी बलिंग गर्दै अफ् स्टम्प उड़ाए। उनले यसरी चतुऱ्याईंको साथ बलिंग गरेर लगातार विकेट हासिल गरेका छन्। यही उनको खुबी हो।