गान्तोक: सिक्किम सरकारको सूचना एवं जनसम्पर्क (आइपीआर) विभागले र वन एवं पर्यावरण विभागसित सहकार्य गर्दै आज तादोङ पाँच माइलस्थित कार्यालय परिसरमा सरसफाई अभियान साथै विरुवा रोपन कार्यक्रम सम्पन्न गऱ्यो। वन विभागको पर्यावरण पर्व र मेरो रुख मेरो सन्तती कार्यक्रमअन्तर्गत आयोजित आजको सफाई एवं विरुवा रोपन कार्यक्रममा विभागका सल्लाहकार विरेद्र तामलिङ र सचिव सुश्री नम्रता थापाको विशेष उपस्थिति रहेको थियो। पर्यावरण पर्वअन्तर्गत यसरी विरुवा रोपन कार्यक्रम आयोजना गर्ने वन विभागदेखि अर्को पहिलो विभाग बन्न पुगेको छ।

यस अवसरमा आफ्नो सम्बोधन राख्दै सल्लाहकार विरेन्द्र तामलिङले राज्यको सरकार र विन विभागको महत्वाकांक्षी योजना पर्यावरण पर्व र मेरो रुख मेरो सन्तती कार्यक्रमको उद्देश्य र लक्ष्य बारे जानकारी गराए।