गान्तोकः सिक्किम हाउजिङ बोर्डको ७३औं सभा आज टाशीलिङस्थित विभागको प्रेक्षागृहमा सम्पन्न भयो। विभागका अध्यक्ष कर्मा टाशी भोटियाको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा बोर्डका सदस्यहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा विभागका सचिव डी. आन्नदनले बोर्डको वार्षिक रिपोर्ट साथै विभिन्न विषयको बारेमा रिपोर्ट प्रस्तुत गरे। यस अवसरमा उनले लुम्सेमा देवलोक आवास प्रगतिबारे सदस्यहरूलाई अवगत गराए। यसका साथै विभिन्न विषयमा पनि छलफल गरिएको जानकारी गराइएको छ।
सभामा नयाँ आवास नीतिहरू/आवास परियोजनाहरू बोर्डद्वारा विचार गरेपछि अनुमोदन गरियो। सदस्यहरूले एसएच अनि डीबीलाई आत्मनिर्भर बनाउने दृष्टिका साथ बोर्डले राजस्व वृद्धि गर्न सक्ने गतिविधिहरूको बारेमा छलफल गरियो।