कोलकाताः कोलकाताका चर्चित व्यापारी कौस्तभ रोयलाई केन्द्रिय प्रवर्तन निदेशालय (ईडी)-ले वित्तीय धाँधलीको मामिलामा पक्राउ गऱ्यो। हिजो अबेर रातीसम्म घण्टौं जाँचबुझ गरिए पश्चात उनलाई पक्राउ गरियो। उनले जाँचमा सहयोग नपुऱ्याएको बताइएको छ।
यसअघि विगत दिसम्बर २०२२ -मा ईडीले उनको कम्प्यूटर कम्पनी आरपी इन्फो सिस्टम लिमिटेडको कार्यालयमा छापा मारेको थियो। सीबीआईले पनि विगत वर्ष २०१८ -को मार्च महिनामा कौस्तभलाई पक्राउ गरेको थियो। एक प्रसिद्ध टीभी च्यानलयका मालिक कौसत्भलाई सत्तारूढ़ तृणमूल कंग्रेसको नजिकको मान्छे मानिन्छ।
शिवाजी पांजा उनको बिजनेस पार्टनर रहिसकेका छन् भने पांजालाई ममताको विशेष हुन्। दुवैले मिलेर केनरा ब्याङ्कलाई ५१५ करोड़ रुपियाँको चुना लगाएका छन्। यसै मामिलामा मई २०१५- मा सीबीआईले प्राथमिकी दर्ता गरेको थियो। त्यसपछि ईडीले धन शोधनको जाँच शुरू गरेको थियो केनरा ब्याङ्क सहित अन्य नौवटा ब्याङ्कहरूबाट ऋण लिएर ठूलो आर्थिक नोक्सान कौस्तभ रोय र उनको कम्पनीले पुऱ्याएका छन्।
-हिस









