फाँसीदेवा| आज फाँसीदैवा ब्लकमा १८ वटा नयाँ उपस्वास्थ्य केन्द्रहरूको उद्धाटन भएको छ। फाँसीदेवाको जलास निजामतारा क्षेत्रको बड़ा पाथुरामा उपस्वास्थ्य केन्द्रदेखि राभाभिटा, नारायणजोत आदि ठाउँहरूमा उपस्वास्थ्य केन्द्रको उद्धाटन आज दार्जीलिङ जिल्लाका अतिरिक्त जिल्ला अधिकारी प्रेमकुमार बरदेवा, फाँसीदेवा ब्लक स्वास्थ्य अधिकारी डा. अरुण दास एवम् अन्यान्यको उपस्थिति रहेको थियो। अतिरिक्त जिल्ला अधिकारी प्रेमकुमार बरदेवाले फाँसीदेवा ब्लकका बासिन्दाहरूले अब स्वास्थ्य परिसेवाको लाभ लिन सक्ने जनाएका छन्।










