फरवर्ड ब्लकका विजयी उम्मेदवार तृणमूलमा सामेल

IMG-20230528-WA0320-5-300x172-4

कुचबिहारः पञ्चायत चुनाउमा जित हासिल गरिसकेका फरवर्ड ब्लकका एक नेता तृणमूलमा सामेल भएका छन्। नानू रहमान नाम गरेका उक्त नेता मंगलवार मेखलीगंज स्थित तृणमूल कांग्रेस कार्यालय पुगे। मेखलीगंज विधायक परेशचन्द्र अधिकारीले नानू रहमानलाई पार्टीको झण्डा दिएर तृणमूलमा सामेल गरे।

चेङ्गराबान्धा ग्राम पञ्चायतको बूथ संख्या ७१ को फरवर्ड ब्लक विजयी उम्मेदवार नानू रहमानले भने, मैले फरवर्ड ब्लकबाट जिते, यो सत्यो हो तर गाउँको विकास फरवर्ड ब्लकमा रहेर हुनसक्दैन यसैले मैले तृणमूलमा सामेल हुने निर्णय लिए। मेखलीगंज विधायक परेशचन्द्र अधिकारीले भने, विकासको अर्थ तृणमूल कांग्रेस हो। आजदेखि नानूले हाम्रो टीमको एक सक्रिय कार्यकर्ताको रूपमा काम गर्नेछन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement