विद्यालयको कक्षामा धेरै विषालु सर्प देख्दा सनसनी

24efc449-4dbb-47c4-b1c4-104c6cf8a696-1

कुचबिहार : दिनहाटाको विद्यालयको कक्षामा कैयौं विषालु सर्प भेटिएपछि सनसनी फैलिएको छ । दिनहाटा १ ब्लकको खरिजा भुटकुरा प्राथमिक विद्यालयमा मंगलबार यी विषालु सर्प भेटिएका हुन् । विद्यालय सुरु हुनेबित्तिकै विद्यालयको कक्षाकोठामा सर्पको उद्धारलाई लिएर त्रास फैलिएको थियो । विद्यार्थीलाई तत्कालै बाहिर निकालियो । विद्यालय सुरु हुनुअघि विद्यालयको एउटा कोठामा फलामको पाइप राखिएको बताइएको छ । त्यो पाइप भित्र धेरै विषालु सर्पहरू थिए। पहिले एउटा सर्प निस्क्यो, बिस्तारै त्यो पाइपबाट एक एक गरी सर्प निस्कन थाल्यो । खबर पाएपछि वातावरण प्रेमी मनमोहन राई विद्यालय पुगे र केही प्रयासपछि साना ठूला सर्पलाई बचाए । पछि ती सर्पहरूलाई नजिकैको जंगलमा छाडियो ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement