सिलगढी: उत्तर बङ्गाललाई छुट्टै राज्य वा केन्द्र शासित प्रदेश घोषणा गर्न माग गर्दै बंगाललाई टुक्र्याउने षडयन्त्र रचिएको छ। यसको विरुद्धमा आमरा बंगाली संगठनले सिलगढीमा विरोध र्याली निकालेको थियो। मङ्गलबार दिउँसो बंगालको विभाजनको विरोधमा आमरा बंगाली संगठनको यो विरोध र्याली सिलगढीको मुख्य हुलाक कार्यालयको अगाडिबाट सिलगढी सहरका विभिन्न गल्लीहरूमा परिक्रमा भयो।