कोचबिहार| बिजुलीको करेन्ट लाग्नाले एउटी गृहणीको मृत्यु भएको घटना प्रकासमा आएको छ। उक्त घटना कोचबिहार शितलकुची ब्लकको पूर्व सर्वेश्वर जयदुवा गाउँमा भएको हो। मृतक महिलाको परिचय सान्तना बर्मन उमेर ४० बर्षीय बताईएको छ।
परिवार सुत्रले बताएअनुसार सान्तना किचनमा काम गर्न जाँदा त्यही नै बिजुलीको झटका लागेर लड़ेकी थिईन भने परिवारका सदस्यहरूले तत्कालै तिनलाई शीतलकुची प्राइमरी स्वास्थ्य केन्द्रमा लिएर जाँदा चिकित्सकहरूले मृत घोषित गरेको थियो। उक्त घटनाले क्षेत्रमा शोकको लहर छाएको छ भने घटनास्थलमा शीतलकुची थानाको पुलिसबल पुगेर शव उद्धार गरेर पोस्टमार्टमको निम्ति लगेको छ। घटना सम्बन्धमा पुलिसले जाँच आरम्भ गरेको जनाएका छन्।











