खरसाङ: जीटीएमा चुनावमा खरसाङको पंखाबारी लङ्भ्यु अम्बटे समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीक तर्फबाट बिजय बनेका कल्पना प्रधानले आफ्नो समष्टीक विभिन्न समस्याहरू ५ वर्षमा होइन तर ३ वर्षभित्रमा नै समाधान गर्ने बताएकी छन्। उनले आफ्नो समष्टिको सबै समस्याहरू सबै मिलेर विस्तारै समाधान गर्दै जाने बताउँदै यसको लागि ५ वर्ष नपर्खेर ३ वर्षभित्रमा नै समाधान गर्नलाई सबैलाई मिलेर काम गर्नु पर्ने र सबैलाई साथ र सहयोग गर्ने पनि अपिल गरेकी छन्। कल्पना प्रधानले आफुलाई बहुमूल्य भोट दिएर बिजय बनाउने समष्टीको सबै जनतालाई आभार प्रकट गरेकी छन्। उनले समष्टीका सबै जनताहरू, पार्टीका कार्यकर्ताहरू, पदाधिकारीहरू, आफ्ना विद्यार्थीहरू, अभिभावकवर्ग लगायत साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। उनले जीत मेरो मात्रै होइन तर समष्टीको सम्पूर्ण जनताको हो र य जीत पार्टीको नेतृत्ववर्ग पार्टी कार्यकर्ताहरुक पनि जसले मेहनत र परिश्रम गरेका छन् भनी बताउँदै अब सबैलाई धन्यवाद दिनलाई समष्टीको विभिन्न स्थानहरूमा जाने र निरीक्षण गर्ने पनि बताएका छन्। प्रधानले आफु शैक्षिक क्षेत्रको भएपनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले राजनीतिमार्फत् जनताको सेवा गर्नलाई मौका दिएकोमा पनि आभार प्रकट गरेकी छन्। उल्लेखनीय छ जीटीए चुनावमा खरसाङको पंखाबारी लङ्भ्यु अम्बटे समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी कल्पना प्रधानले सबैभन्दा बेसी रेकर्ड भोट प्राप्त गरेर बिजय बनेका छन्। उनले जम्मा ६९०७ भोट पाएर ठूलो मार्जिनले बिजय हाँसिल गरेका थिए। उनको दोस्रो अधिक भोट निर्दलीय प्रार्थी रोहित स्याङ्बोले १८४२ भोट पाएका थिए भने तेस्रोमा हाम्रो पार्टीको पूर्णबहादुर प्रधानले केवल १२६८ भोट मात्र प्राप्त गरेका थिए। त्यसरी नै चौथौ स्थानमा सीपीआईएमको प्रार्थी सचिन खातीले ४३१ अनि पाँचौंमा सुवास छेत्रीले ३५९ मत, छैटौंमा राजेन्द्र राजपूतले ३०९, सातौंमा सौगात गुरुङले २५२ मत, आठौंमा प्रवण प्रधानले १९१ र निश्चल पाख्रीनले केवल १२५ भोट मात्रै प्राप्त गरेका थिए।









