सिलगढी: राज्यभर चलिरहेको वन मोहोत्सवको एक भागको रूपमा फराबारीमा वृक्षारोपण कार्यक्रम मनाइयो। बैकुण्ठपुर वन डिभिजनले यो वन महोत्सव आयोजना गरेको हो । मंगलबारको वन महोत्सवमा प्रमुख मुख्य वनपाल उज्ज्वल घोष, मुख्य वनपाल राजेन्द्र जाखड़, डिभिजनल वन अधिकारी अयान घोष, सिलगढीका मेयर गौतम देव र अन्य उपस्थित थिए। यस दिन फराबारी प्राथमिक विद्यालय नजिकैको जंगल क्षेत्रमा विद्यालयका विद्यार्थीहरुसँग वन महोत्सव मनाइएको थियो ।