सिलगढी: कर्सियाङ वन डिभिजनले मंगलबार बागडोगरा दायरा अन्तर्गत जंगली बाबा मन्दिरको छेउमा रहेको वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजना गर्यो। १४ जुलाई देखि २० जुलाई सम्म सम्पूर्ण राज्यमा वनमहोत्सव कार्यक्रम सञ्चालन हुँदैछ। यसअन्तर्गत राज्यभर २५ लाख बिरुवा रोपिनेछ।
कार्यक्रममा सीसीएफ समीर गजमेर, डीएफओ कर्सियाङ हरिकृष्ण पीजे, एडीएफओ भूपेन विश्वकर्मा, बागडोगरा रेन्ज रेन्जर समीरन राज, बागडोगरा कलेजका प्रिन्सिपल, प्रोफेसरहरू, बागडोगरा पुलिस, सेनाका अधिकारीहरू सहित विभिन्न विद्यालयका विद्यार्थीहरूको उपस्थिति थियो।