१८ जुलाईः उतार-चड़ाउले भरिएको फर्ममा रहने दुईपल्टकी ओलम्पिक पदक विजेता भारतीय ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धु मंगलवार जारी नवीनतम बीडब्ल्यूएफ वर्ल्ड ऱ्यांकिंगमा पाँच स्थानको नोक्सानसहित झरेर १७औं स्थानमा पुगेकी छन्। चोटले गर्दा ५ महिनाको ब्रेकपछि खेलमा फर्किने सिन्धुले जारी सीजनमा एउटा खिताब पनि जित्न सकेकी छैनन्। विश्वकी पूर्व नम्बर दुई खेलाड़ी सिन्धुको गत वर्ष कमनवेल्थ गेम्सको अवधि खुट्टामा स्ट्रेस फ्र्याक्चर भएको थियो। कमनवेल्थ गेम्समा स्वर्ण पदक जिते पनि उनी चोटले गर्दा लामो समयसम्म खेलदेखि बाहिर बस्नु परेको थियो। अहिले उनीसँग १४ वटा टुर्नामेण्टमा ४९,४८० पोइण्ट्स रहेको छ। सिन्धुको एक दशकभन्दा अधिक समयमा यो सबैभन्दा खराब ऱ्यांकिंग हो। उनी यसअघि जनवरी २०१३-मा १७औं ऱ्यांकिंगमा थिइन्। उनी २०१६-देखि शीर्ष १० मा सामेल थिइन् अनि अप्रेल २०१६-मा करियरको सर्वश्रेष्ठ दोस्रो ऱ्यांकिंग हासिल गर्न सफल रहेकी थिइन्।