दुईजनाको मृतदेह उद्धार

5b2d8300-f50b-43b4-ad15-e098a8f00a6b

कालचिनीः सोमबार अबेर साँझ कालचिनी थाना अन्तर्गत ३१सी राष्ट्रिय राजमार्ग संलग्न डिमा नदी छेउबाट एउटा प्रायः सड़ेगलेको अवस्थामा अज्ञात व्यक्तिको मृतदेह निमती आउटपोस्टका पुलिसबलले उद्धार गरेको थियो भने उक्त मृतदेहको परिचय जान्न नसकिएकोले यसको सनाखत कसैले नगरेपछि मंगलाबार कालचिनी थानाले उक्त मृतदेहलाई पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको बताएको छ।
अर्कोतिर सोमबार दिउँसो ३१सी राष्ट्रिय राजमार्ग संलग्न मेन्दाबारी क्षेत्रको भण्डारी सेतु नजीकै राभा बस्ती निवासी ७० बर्षीय वृद्धा निशावत राभालाई एउटा कारले धक्का दिँदा घटनास्थलमा नै उक्त वृद्धाको मृत्यु भएको थियो। पुलिसले उक्त मृतदेहलाई उद्धार गरेर कालचिनी थाना ल्याएको छ भने बुधबार पोस्टमार्टममा पठाईने पुलिस सुत्रले जनाएका छन्।
उक्त दुर्घटना गर्ने कारलाई उता सोनापुर आउटपोस्टका पुलिसबलले नियन्त्रणमा लिएको बताईएको छ भने कार चालक सुँईकुच्चा ठोकेको पुलिसले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement