कालचिनीः सिँचाई मन्त्री पार्थ भौमिकले मंगलबार डुवर्सको अलिपुरद्वार जिल्लाको विभिन्न नदी नालाहरूको परिस्थिति निरीक्षण गर्न क्रममा अलिपुरद्वार एक नम्बर ब्लकको श्यालकुमार क्षेत्रको शीशामारा नदीको निरीक्षण गरेपछि सोझै कालचिनी खण्डको जयगाउँ क्षेत्रको खोक्ला बस्ती, बिहीबारे र जयगाउँ बस स्ट्याण्ड क्षेत्रको नदी र निकासी हेर्दै जलपाईगढ़ी जिल्ला अन्तर्गत बानरहाटतर्फ लागे। यता बिहानदेखि मन्त्री मेचपाड़ा चियाबारीको बाढ़ग्रस्त क्षेत्रको निरीक्षणमा आउने हल्ला चलिरहेकोबीच गाउँलेहरू मन्त्री आउँला भन्ने आशामा बसेको थियो तर जयगाउँबाट मन्त्रीको काफिला सोझै बानरहाट जाँदा मेचपाड़ा चियाबारीको बासिन्दाहरू निराश बनेको थियो।
जयगाउँमा पत्रकारहरूसितको कुराकानीमा मन्त्री पार्थ भौमिकले भोटाङबाट बगेर आउने नदीले डुवर्समा बाढ़को खतरा उत्पन्न भएको र यसको निम्ति भोटाङसितको अन्तर्राष्ट्रिय तहमा केन्द्रले कुराकानी गर्नु पर्ने यतिखेर भाजपाका सांसद तथा मन्त्री एवम् विधायकहरूले प्रधानमन्त्री समक्ष समस्याको उठान गर्नु पर्ने र राज्य सरकारले यतासम्भव आफ्नो स्तरमा काम गरिरहेको र यहाँका जनताले पनि राज्य सरकारसित भरोसा राखेको जनाएका छन्। मंगलबार सिँचाई मन्त्री पार्थ भौमिकसित तृणमूल नेता गंगाप्रसाद शर्मा, बिरेन्द्र बारा उराँव, अलिपुरद्वार विधायक सुमन काञ्जीलाल लगायत अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो।