कालचिनी ब्लक टीएमवाईसीद्वारा दिव्याङ्ग शुभम विश्वकर्मालाई सम्वर्द्धना

2233bff0-fd2c-4a3d-bba9-828e7edf8019

कालचिनीः व्हील चेयर ब्याडमिन्टन खेल कलकत्तामा दार्जीलिङका अंकित प्रधान र डुवर्सको कालचिनी खण्ड अन्तर्गत पर्ने साताली चियाबारीको दिव्याङ्ग शुभम विश्वकर्माले क्रमैले गोल्ड अनि ब्रन्ज मेडल प्राप्त गर्न सफल भएको थियो भने शुभम विश्वकर्मालाई प्रोत्साहित गर्न औ तिनको लगनसीलताको कदर गर्दै मंगलबार कालचिनी ब्लक तृणमूल कंग्रेसको पक्षबाट सभापति पवन योल्मो र तिनको टीमले विशेष सम्वर्द्धना प्रदान गरे। शुभम विश्वकर्माको घरमा पुगेर कालचिनी ब्लक तृणमूल युवा कंग्रेसको सभापति पवन योल्मोले शुभम विश्वकर्मा र तिनको मातापितालाई पनि मिठाई खुवाएको थियो।
पवन योल्मोले विशेषगरि शुभम विश्वकर्मा एकजना दिव्याङ्ग युवक तर दृढ़ इच्छाशक्ति भएको युवक तिनले दुर्घटनामा खुट्टा खँजा भएपछि व्हील चेयरमा बसेर पनि ब्याडमिन्टन खेल खेल्दै आईरहेको र लखनउ र कलकत्तासम्म राज्य औ राष्ट्रिय स्तरको ब्याडमिन्टन खेलमा सहभागी भएर सबैलाई चकित बनाएकोले शुभम विश्वकर्मा जस्तो युवकहरु जसले समाजलाई सकारात्मक प्रेरणा दिन्छ उनीहरुलाई समाजले चिन्नु आवश्यकता रहेको र यसै क्रममा कालचिनी ब्लक तृणमूल युवा कंग्रेसको पक्षबाट सम्वर्द्धना प्रदान गरीएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement