कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको प्रांगणमा मंगलाबार बन महोत्सव पालन गरीएको जानकारी एसएसबी ५३ वाहिनी सुत्रले दिएका छन्। सो अवसरमा आईएफएस नर्बु छिरिङ भोटिया लगायत जलपाईगढ़ी डीएफओ पार्थ प्रतिक राय, सोनापुर आउटपोस्टका प्रभारी निर्मल बर्मन, अलिपुरद्वार एक नम्बर ब्लकको बीडीओ सञ्जय प्रधान, एसएसबी 53 वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंह, उपकमान्डेन्ट दिलीप कुमार सरकार एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
यस क्रममा बन रक्षाको बारेमा सचेतनामूलक विचार राखिएको थियो भने एसएसबी जवानहरुले मुख्यालयको परिसरमा प्रायः २००० बिरुवा रोपण गरेको जनाएका छन्।