बक्सा ब्याघ्र प्रकल्पको आयोजनामा बन महोत्सव पालन साथै वृक्षारोपण

7eb58f78-cd60-4220-8f44-f620e3e6a084

कालचिनीः बक्सा ब्याघ्र प्रकल्पको आयोजनामा मंगलबार राजाभातखावा एनआईसी हलमा बन महोत्सव पालन गरियो। यस अवसरमा बक्सा ब्याघ्र प्रकल्पको फील्ड डाइरेक्टर अपूर्व सेन लगायत डीएफडी प्रवीण कासवान एवम् अन्यान्य डीएफओ औ रेञ्ज अधिकारीहरुको मुख्य उपस्थिति रहेको थियो। एनआईसी हलमा कार्यक्रम आरम्भ गर्न अघि बन विभागको पहलमा विद्यार्थी लगायत विभिन्न जेएफएमसीका सदस्यहरुलाई बीटीआरको २५ माइल टावरमा लगिएको थियो जहाँ वृहत स्तरमा वृक्षारोपण सम्पन्न गरीएको थियो।
त्यस पश्चात राजाभातखावा एनआईसी हलमा गत ४ दिन अघि नै विभिन्न स्कूलका विद्यार्थीहरुलाई दिएको चित्र बनाउ प्रतियोगिताको पुरस्कार वितरण पनि गरीएको थियो। सो अवसरमा पुतली संरक्षण, गिद्ध संरक्षण, हर्नबिल प्रोजेक्ट लगायत एसएचजीद्वारा तयार हस्तनिर्मित वस्तुको प्रदर्शन एवम् सुपाड़ीको प्लेट प्रदर्शनको स्टलहरू राखिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement