सिलगढीमा आजदेखि प्लाष्टिक प्रतिबन्ध

IMG_20220701_202310.jpg

सिलगढी| १ जुलाईदेखि प्लाष्टिकको बड्दो प्रयोगलाई रोक लगाउन देशभरि नै सिंगल युज प्लाष्टिकमाथि प्रतिबन्ध लगाइएको छ।एकैपल्टमात्र प्रयोगमा आउने प्लाष्टिक उत्पादकहरूको उत्पादन, निर्यात वितरण साथै प्रयोग गन मनाही गरिएको छ।पश्चिम बंगालमा ७५ माइक्रोन प्लाष्टिक माथि प्रतिबन्ध लगाइएको छ।सिलगढीलाई पनि प्लाष्टिक मुक्त शहर बनाउन हालमा सिलगढी नगर निगम घुँडा धसेर लागिपरेको छ।नगरनिगम डेपुटी मेयर रन्जन सरकारको नेतृत्वमा मेयर परिषदका सदस्यहरूले सिलगढीको ३नम्बर वार्डको गुरुङ बस्ती बजारमा अभियान चलाएर दोकानेहरूलाई सिंगल युज प्लाष्टिकको प्रयोग बन्द गर्ने अपिल गर्दै कागजको बैग प्रदान गरियो।सामान किन्न आउने क्रेताहरूलाई पनि कागजको च्याउमा सामान दिने अपिल उनले दोकानेहरूसित गरे।

यसै क्रममा दोकानेहरूलाई प्लाष्टिक प्रयोग गरेकोमा दोकानेहरूलाई जरिमाना पनि लगाइयो।आगमी दिनमा सिंगल युज प्लाष्टिकको प्रयोग गरेको भेट्टाइएमा दोकानेलाई ५०० रुपियाँ जरिमाना अनि क्रेताहरूलाई ५० रुपियाँ जरिमाना लिइनेछ।यदि दोकानेले उक्त निर्देश बारम्बर अवहेलना गरे सो दोकानको लाइसेन्स पनि रद्ध गरिनेछ भनि बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement