भाजपाका नेता सम्बित पात्रले गोरामुमो अध्यक्षलाई जनाए स्वागत   

00-1-Man-Ghising

दिल्ली: दिल्लीमा सम्पन्न भएको भारतीय जनता पार्टी (भापजा) र यसका गठबन्धन दलहरू साझा मंच एनडीएको संयुक्त सभामा भाजपाका नेता सम्बित पात्रले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)का अध्यक्ष मन घिसिङलाई स्वागत जानेका छन्l सो सभा दिल्लीको एउटा होटलमा सम्पन्न भएको होl उल्लेखनीय छ, सन् २०१९ को लोकसभा चुनावदेखि गोरामुमो भाजपाको गठबन्धनमा सहयोगी दलको रुपमा रहेको छl सोही चुनावमा गोरामुमो र गोजमुमोको सहयोगमा दार्जीलिङ लोकसभा समष्टिबात भाजपाका उम्मेदवार राजु बिष्ट सांसद बनेका हुन्l यसपछि सन् २०२१ को चुनावमा पनि गोरामुमो र गोजमुमोको सहयोगमा भाजपाका उम्मेदवार निरज जिम्बा विधानसभा चुनावमा विजय भएर विधायक बनेका हुन्l भाजपाले स्थायी राजनैतिक समाधान अर्थात पर्मानेन्ट पोलिटिकल सल्युसन (पीपीएस) भरोसा दिलाउँदै आएको छl                  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement