नक्सलबारी: सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषले नक्सलबारी ग्रामीण अस्पतालमा ब्लक पब्लिक हेल्थ युनिटको आज शिलान्यास गरे। ६६ लाख रुपियाँको लागतमा नक्सलबारी अस्पतालमा ब्लक पब्लिक हेल्थ युनिटको शिलान्यास गरिएको हो यस अवसरमा मुख्य स्वास्थ्य अधिकारी डा. तुलसी प्रमाणिक, नक्सलबारी पञ्चायत समितिका अध्यक्ष आनन्द घोष, नक्सलबारीका बीडीओ अरिन्दम मण्डल लगायत अन्य उपस्थित थिए। उक्त युनिटमा नयाँ दोस्रो तल्लामा ब्लड टेस्टको लागि ल्याब बनाइनेछ। जहाँ ब्लड टेस्ट लगायत अन्य केही जाँचहरू गरिनेछ। यस सम्बन्धमा सिलगढी महकुमा परिषदका सभाधिपतिले भने, महकुमा परिषदले एक वर्षको अवधिमा स्वास्थ्यको क्षेत्रमा धेरै काम गरेको छ साथै गरिरहेको छ।

यसको साथै ५० वटा उपस्वास्थ्य केन्द्र पनि खोलेको छ। डिजिटल एक्स-रे मसिन पनि जडान गरिएको छ यसैगरी, मुख्य स्वास्थ्य अधिकारी डा. तुलसी प्रमाणिकले भने, खोरीबारी ग्रामीण अस्पतालपछि फाँसीदेवामा यस युनिटको काम शुरू गरिएको थियो भने अब नक्सलबारी ग्रामीण अस्पतालमा यस युनिटको काम भइरहेको छ। आगामी दिनमा मतिगढामा हेल्थ युनिट बनाइने मुख्य स्वास्थ्य अधिकारीले बताए।











