दार्जीलिङ: छुट्टै राज्यको मांग हाम्रो मुटुको ढुकढुकी हो, जनताको राज भनेको सत्तामा बस्नु मात्र होइन भनी हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। दार्जीलिङको गोर्खा दुःख निवारक सम्मेलन भवनमा आज हाम्रो पार्टीले सम्बर्ध्दना समारोहको आयोजना गरेको थियो। उक्त समारोहमा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया, पार्टी केन्द्रीय प्रवक्ता श्याम गौतम, मिरिक महकुमा समिति अध्यक्ष प्रशान्त लामा, लाडुप घिसिङ, दार्जीलिङ महकुमा समिति अध्यक्ष पुरण तामाङ, सुमन बम्जन आदि उपस्थित रहेका थिए। कार्यक्रमको शुभारम्भमा राष्ट्रपिता महात्मा गाँधीको तस्वीर अघि धुप दिप जलन अनि खदा अर्पण गरियो। सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने, चुनाव होस् अथवा कुनै युद्वमा यदि नेतृत्व उपस्थित छैन भने त्यसलाई फत्ते गर्न धेरै गाह्रो पर्छ। चुनावको अवधि नै मेरो पिता अस्वास्थ्य भएको हुनाले गर्दा म तपाईहरूसँग चुनाव प्रचार प्रसार गर्न सकिन। यस विषयले मलाई विजाई रहेको छ। पिताको उपचारको निम्ति म तिलंगानामा निकै बस्नु पर्यो। उनले अघि भने, ‘पञ्चायत चुनावमा पहाडको आठवटा ब्लकहरूमध्ये हाम्रो गठबन्धनले दुईवटा ब्लकहरूमा जीत हाँसिल गरेका छौं अनि २५ भन्दा धेर बोर्डहरू गठन गर्न हामी सफल बनेका छौं। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले जनताको राज भनेको सत्तामा बस्नु मात्र होइन, विपक्षमा बसेर पनि जनताको धेरै कामहरू गर्न सकिन्छ। आजभन्दा चालिस वर्ष अधि पहाडमा विपक्षी भन्ने थिएन, त्यस समय एकल काढे नीति थियो। पत्रकारहरूले स्वतन्त्रसँग काम गर्न सक्दैन थियो, पत्रकारहरूले यता उता केही लेखेको खण्डमा रावणको उपाधि समेत दिने गर्थे, त्यस समय पहाडमा कोही बोल्न सक्दैन थियो। दार्जीलिङ पहाडबाट डर,भय र संत्रासको राजनीति हट्नुपर्छ। हामीले नारा लगाएको २५ वर्ष भएछ। हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले अझ भने,’ समय हामी कुनै राजनैतिक पार्टीहरूसँग सम्बन्धित थिएनौं। पहाडबाट डर,भय र संत्रासको राजनीति हट्नु भन्दै हिँडदा आफु अनि आफ्नो परिवार सात वर्ष पहाड छोड्नु परेको थियो। यस पटकको पञ्चायत चुनावमा पहाडको नेताहरूले बुथ क्याप्चर गर्नु कोशिष गरयो तर पहाडवासीले उनीहरूलाई बुथ क्याप्चर गर्न दिएन, जनताको राज भनेको यो नै हो। पहाडको पञ्चायत चुनावको परिणामसँग म हतास भएको छुइन,भला हामी हारेका छौं। तर हाम्रो भोटको प्रतिशत बढेको छ। यो हाम्रो निम्ति खुशीको विषय हो। पञ्चायत चुनावमा गठबन्धनको पराजयको मुख्य कारण इगो रहेको अध्यक्ष एडवाडर्सले बताए। गठबन्धन दलहरूको नेतृत्वहरूले एउटै वार्डबाट दुई तीनजना उम्मेद्वारहरू खडा गर्ने हुँदा गठबन्धनको उम्मेद्वारहरू पराजय भएको हो। विजय दलको उम्मेद्वारहरूले थोरै भोटले जीत हाँसिल गरेको छ। यदि हामीले इगो त्यागेको भए पहाडको पञ्चायत चुनावको परिणाम अर्कै हुने थियो भन्दै घमण्डले कसैलाई लाभ गर्दैन। त्यसले डुबाएर लान्छ,त्यसकारण हामीले घमण्डलाई त्याग्नै पर्छ अध्यक्ष एडवाडर्सले भने। गोर्खाहरूको युगौं पूरानो मांगलाई अघि सार्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले स्पष्ट शब्दमा भने हामी हाम्रो पार्टीको संविधानको टुप्पोमा छुट्टै राज्यको मुद्दालाई प्राथमिकताको साथ राखेका छौं अनि छुट्टै राज्यको मुद्दा हाम्रो नम्बर वान मुद्वा हो। हामीले छुटटै राज्यको मुद्दालाई कहिले पनि भूल्न सक्दैनौं। आजको सम्बर्ध्दना कार्यक्रममा विजय अनि पराजय उम्मेद्वारहरूलाई पार्टी अध्यक्ष अजय एडवाडर्सले खदा लगाउदै बधाई दिएका थिए।