वन महोत्सवको अवसरमा एक दिवसीय वृक्ष रोपन कार्यक्रम

IMG-20230718-WA0335.jpg

गोरुबथान (महेश्वर प्रधान): राज्यव्यापी बन महोत्सव गत १४ जुलाईदेखि आगमी २० जुलाईसम्म माननीय प्रधानमन्त्री ममता बेनर्जीको आदेशानुसार चलिरहेको छ। कालिम्पोङ बन विभागको सहभागितामा र नेउरा वन विभागको तत्वावधानमा आज गोरुबथान खण्डको ढिपडाडा अप्पर अम्बियोक बस्तीमा एक दिवसीय वृक्ष रोपन कार्यक्रम सम्पन्न गरियो। यस कार्यक्रममा ४३ नम्बर समष्टिका सभासद रतन थापा, अम्बियोक उच्चतर माध्यमिक विद्यालयका शिक्षकगण ललित राई, सन्जय शर्मा, रोहित शर्मा, अनुज्ञालय गोरुबथानका प्रदेस राई, उज्जवल राई, पिएलभी राजु मिजार, सनराईजिङ क्लबका सदस्यगण भगत कुलुङ, बिकास राई अतिथीको रुपमा उपस्थित रहेका थिए।नेउरा बन बिभागका रेन्ज अफिसर बिकास दर्जी, बिट अफिसर प्रमोद तामाङ तथा सम्पुर्ण स्टाफहरुको सतप्रयासमा समपन्न यस वृक्षरोपन कार्यक्रममा उपस्थित अतिथीगण तथा अम्बियोक उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरु, गाउँलेहरु, बनबस्तिका मानिसहरुको बाहुलीबाट वृक्ष रोपन गरियो।

आज करिब २५० वटा विरुवाहरु नन फरेष्ट एरियामा रोपियो।यसरी वन विभागको यस कार्यक्रमलाई सफलीभूत पारिदिएकोमा वन बिभाग कालिम्पोङ तथा नेउरा वन विभागको तर्फबाट सबै सबैप्रति धन्यबाद ज्ञापन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement