१८ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित बेणु सुब्बा स्मृति प्रीमियर डीविजन फूटबल लीगमा दार्जीलिङ डायनामोले आफ्नो विजयाभियान जारी राख्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा मंगलवार खेलिएको ग्रुप ए-को यस म्याचमा दार्जीलिङ डायनामोले सेण्ट रोबर्ट्स हाई स्कूललाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सुजन तामाङ, सदीप पञ्चकोटि, निर्णय सुब्बा, बाइचुङ सुब्बा र प्रितम सुब्बाले १-१ गोल गरे। यसरी सेण्ट रोबर्ट्स हाई स्कूलबाट अंकित तामाङले १ गोल गरे। यस म्याचमा रेफरीको भूमिकामा रमेश राई रहेका थिए।

यसरी नै रेमण्ड तामाङ र उज्जवल राई सहायक रेफरी थिए। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।