सिञ्चेल वन विभागको आयोजनमा मङ्पु सिकसिन फरेस्ट बस्ती क्षेत्रको १ हेक्टर जमीनमा २५०० बिरुवा रोप्ने कार्य

IMG-20230718-WA0289.jpg

सोनादा: आज सिञ्चेल वन विभागको आयोजनमा मङ्पु सिकसिन फरेस्ट बस्ती क्षेत्रको १ हेक्टर जमीनमा २५०० बिरुवा रोप्ने कार्य गरियो। सिञ्चेल वन विभाग रेञ्जर उत्तम प्रधानको नेतृत्वमा वृक्ष रोपन गरियो भने विभिन्न धर्मका धर्म गुरुद्वारा प्रार्थना गरेपछि विभिन्न विद्यालयका विद्यार्थीगण, विभिन्न संघ संस्था, समाज, पुलिस अनि शिक्षक शिक्षिकागणद्वार वृक्ष रोपन गरियो। काउले, कापल अनि अन्य थुप्रै प्रजातिका बिरुवा रोपियो भने वन विभागले रोपिएको बिरुवालाई सिहार सुसार गर्ने थाहा लागेको छ।
सिञ्चेल वाईल्ड लाईफ फरेस्ट रेञ्जर उत्तम प्रधानले दार्जिलिङ वन विभाग डीएफओ (आईएफएस) विश्वनाथ प्रताप, सम्पूर्ण संघ संस्था, सिकसिन समाज, मङपु पुलिस, विभिन्न स्कूलका शिक्षक शिक्षिकागण अनि धर्म गुरुहरुलाई आजको कार्यक्रम सहभागिता जनाएकोमा आभार व्यक्त गरेका छन्। आजको वृक्ष रोपण कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै वन विभाग सिञ्जेल पूर्व रेञ्जर रेञ्जर अफिसर उत्तम प्रधानले विस्तृत रूपमा जानकारी गराउँदै यसपालीको वृक्ष रोपण कार्यको छुट्टै महत्व छ किनभने यसपाली यहाँ एक हेक्टर जमीनमा २५०० जस्तो वृक्षहरू रोपिएको जानकारी गराएका छन्।

उनले यसपाली दार्जिलिङ वन विभागको आयोजनामा अनि पश्चिम बंगाल सरकारको तत्त्वावधानमा राज्यको मुख्य वनपालको अनुरोधमा यो वृक्ष रोपणको कार्य सम्पन्न भईरहेको छ। विशेष गरी बंगालभरिमा एकैदिनमा २५ लाख बिरुवाहरू रोप्ने लक्ष्य राखिएको बताएका छन्। उनले आजको वृक्ष रोपण कार्यमा दार्जिलिङ क्षेत्रका विभिन्न संघ संस्थाहरू, स्वनिर्भर दलहरू, विद्यालयहरू लगायत अन्यहरू प्रतिनिधिहरूले सहभिगाता जनाएकोमा आभार प्रकट गरेका छन्। उनले आजको वृक्ष रोपण कार्य पूर्ण रुपमा अराजनैतिक बनाएर कार्य गरिएको साथै यस वृक्ष रोपण कार्यमा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement