आमा, बाबु र काकामाथि बालिकाले लगाइन् बलात्कारको आरोप

Rape-Representative-image

समस्तीपुर: बिहारको समस्तीपुरबाट एक बालिकाले आमा, बाबु र काकामाथि गम्भीर आरोप लगाएकी भिडियो भाइरल भएको छ। पैसाको लागि परिवारका सदस्यले बलात्कार गरेको पीडित बालिकाको भनाइ छ। यससँगै उनको अश्लील भिडियो सामाजिक सञ्जालमा भाइरल गरिएको बताइएको छ। उनले पुलिस थानाका एसआईलगायत गाउँका प्रमुखले गल्ती गरेको आरोप पनि लगाएकी छन्। आमा र बाबुको निगरानीमा यस्तो भएको पीडित बालिका बताउँछिन्।

हरेक दिन २० देखि २५ जनाले उनलाई बलात्कार गर्ने गरेको भाइरल भिडियोमा उनले बताएकी छन्। ‘आमाले घरमा रक्सी बेच्छिन्। पुलिस थानाका पुलिस पनि रक्सी पिएर घर आएर बलात्कार गर्छन्। म धेरै कठिन जीवन बाँचिरहेकी छु। मलाई सहयोग गर्ने कोही छैन। मलाई मद्दत गर्नुहोस् नत्र यी मानिसहरूले मलाई मार्नेछन्l’ बालिकाले भिडियोमा आफ्नो ठेगाना पनि बताइन्। भाइरल भिडियोका आधारमा पुलिसले बालिकाकी आमा, बाबु र एक युवकलाई पक्राउ गरेको छ। बुबाले इलेक्ट्रोनिक उपकरण पसल चलाउछन्l रोस्दाका डीएसपी सहियार अख्तरले एक बालिकाले सामाजिक सञ्जालमार्फत परिवारका सदस्यमाथि गम्भीर आरोप लगाएको बताए। विरोध गर्दा कुटपिट गरी मार्ने धम्की दिएको बालिकाले बताइन्। भिडियो सार्वजनिक भएपछि पुलिसले तत्काल कारबाही गर्दै तीनजनालाई पक्राउ गरे छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement