१८ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा बड़ा काकझोड़ा युनाइटेड क्लबले एकतर्फी जीत दर्ता गऱ्यो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा मंगलवार खेलिएको म्याचमा बड़ा काकझोड़ा युनाइटेड क्लबले सिटी भेल्ली फूटबल क्लबलाई ४-०-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट प्रणय गुरुङले २ गोल गरे। यसबाहेक प्रितम मुखिया र सोनल छेत्रीले १-१ गोल गरे। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।