१८ जुलाईः ओलम्पिक रजत पदक विजेता भारतकी अनुभवी महिला भारोत्तोलक मीराबाई चानूले प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो गृह राज्य मणिपुरमा जारी संघर्षलाई समाप्त गर्ने अपील गरेकी छन्। राज्यमा मईको शुरुवातदेखि नै दुई जातीय समुदाय मैतेई र कुकीबीच लगातार झड़पले गर्दा अशान्तिको माहोल छाएको छ। चानूले सोशल मीडियामा अपील गरेकी छन्, जहाँ उनले मणिपुरलाई सहायता गर्ने अनि बचाउनको निम्ति प्रधानमन्त्री मोदी र गृह मन्त्री अमित शाह दुवैलाई ट्याग गरेकी छन्। लाइव भीडियोमा चानूले भनेकी छन्, मणिपुरमा हिंसा शुरु भएको तीन महिना भइसक्यो तर अहिले पनि त्यहाँ शान्ति फर्किएको छैन। हिंसाले गर्दा राज्यका धेरै खेलाड़ीहरूले प्रशिक्षण लिन सकिरहेका छौंं, शिक्षा बाधित भइरहेको छ। धेरैले ज्यान गुमाएका छन्। धेरैको घरबार बर्बाद भएको छ। जलाइएको छ। मणिपुर मेरो घर हो। म अहिले यूएस (अमेरिका)-मा आउँदो वर्ल्ड च्याम्पियनशीप र एशियन गेम्सको तयारी गरिरहेकी छु। म अहिले मणिपुरमा छुइनँ तर यहाँ बसेर पनि हिंसा कहिले समाप्त हुनेछ भन्ने सोच्छु। म प्रधानमन्त्री र गृह मन्त्रीसँग स्थितिलाई ठीक गर्ने अनि मणिपुरका मानिसहरूलाई बचाउने अपील गर्छु। उल्लेखनीय छ, मणिपुरमा मईदेखि जारी हिंसामा लगभग १२० जनाको मृत्यु भइसकेको छ अनि लगभग ३००० जना घाइते भएका छन्। परिस्थितिलाई नियन्त्रणमा ल्याउन मणिपुरमा अहिले मुख्यमन्त्रीको आग्रहमा ३ मईदेखि अहिलेसम्म भारतीय सेना र असल राइफल्सका जम्मा १२३ वटा बटालियन रहेको छ। तर आर्म्ड फोर्स स्पेशल पावर एक्ट (AFSPA) नभएको हुनाले सेनाले मणिपुरमा स्थितिलाई सम्हाल्ने भरपूर प्रयास गरे पनि कुनै एक्शन चाहिँ लिन सक्दैन।