हिमाली गाउँको सार्वजनिक भवन बनिने

IMG-20230718-WA0213.jpg

अमृत योञ्जनको बाहुलीबाट शिलान्यास

दार्जिलिङ: अन्त त : हिमाली गाउँको सार्वजनिक भवन बनिने भयो।
भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रिय अध्यक्ष एंव सदर-१ समष्टिका संयोजक अमृत योञ्जनले विगत दिनमा हिमाली गाउँ ग्राम सुधार समितिलाई दिएको वचन पूरा गर्दै आज सभासद सन्दिप क्षेत्री अनि विभागीय अभियन्ताहरुको विशेष उपस्थितिमा समाज घरको शिलान्यास कार्य सम्पन्न गरे।

ग्राम सुधार समितिका सभापति ललित तामाङ अनि सचिव वसन्त गुरुङले आफ्नो सम्बोधनको क्रममा भने “अघिका धेरै नेतृत्वहरुले धेरै आशा देखाएर भोट बटुल्ने मात्र काम गरे गाउँका सिधा सोझा जनताहरुलाई विभिन्न कुराहरुको वाचा गरेको तर कसैले पनि ती सीधा-साधा गाउँहरुलेहरुको सयौं वर्षको इच्छा एउटा समाज घर धरि नबनाई दिएको गुनासो पोखे। विगत दिनमा गोजमुमो अध्यक्ष विमल गुरुङले दुईपल्ट नरिवल फुटाए, ठूलो – ठूलो लड्डु बाँडे तर कम्युनिटी हल कहिले बनिएन भन्दै गाउँवासीको राजनैतिक दलप्रति विश्वास नै उडेको रोस प्रकट गरे। तर यसपाली भने भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापा अनि सदर-१ समष्टि संयोजक अमृत योञ्जनमाथि सम्पूर्ण ग्रामवासीको पूर्ण विश्वास रहेको कुरा बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement