प्रतिभाशाली फूटबलर नयनदीप राईको निधन

IMG-20230718-WA0164.jpg

१८ जुलाईः कालेबुङका प्रतिभाशाली युवा फूटबलर नयनदीप राईको निधनले स्थानीय फूटबल जगतमा शोकको लहर छाएको छ। कालेबुङको १० माईल निवासी २० वर्षीय नयनदीप राईको सोमवार कलकत्तामा निधन भयो। विंगर र स्ट्राईकरको भूमिकामा असाधारण प्रदर्शन गर्दै आएका नयनदीपले शेयर फूटबल क्लबबाट करियरको शुरुवात गरेका थिए। सानो उमेरमै उनले राष्ट्रिय स्तरमा एटीके अण्डर१५, वेष्ट बेंगल सब जूनियर टीम, मध्य प्रदेश सब जूनियर टीमको प्रतिनिधित्व गरेका थिए। फूटबल खेलको उज्जवलतम नक्षत्र मानिएको यस प्रतिभाशाली खेलाड़ीको निधनमाथि वर्तमान र पूर्व खेलाड़ीहरूले गहिरो शोक व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement