नाबालिकासित दुष्कर्मको घटना प्रकाशमा, एक युवक पक्राउ

arrest-1062x598.jpg

सिलगढी: नाबालिकासित दुष्कर्म गरेको आरोपमा सिलगढी प्रधान नगर थाना पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। पुलिस द्वारा पक्राउ गरिएको आरोपी रूपेश तामाङ बताइएको छ। तिनी सिलगढी देवीडांगा निवासी हुन्। प्राप्त जानकारी अनुसार गत १२ जुलाईको दिन एउटी १६ वर्षीय नाबालिका घरबाट निखोज भएकी थिइन् तिनको धेरै ठाउँमा खोजी गर्दा पनि कुनै पत्तो नलागेपछि अन्तमा परिवार पक्षले हिजो आइतबार प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले गत राति नै नाबालिकालाई उद्धार गरेको छ। यसको साथै नाबालिकासित दुष्कर्म गरेको आरोपमा रूपेश तामाङलाई पक्राउ गरेको छ। आरोपी रूपेश तामाङ पेशाले देवीडांगामा नशा मुक्ति केन्द्र चलाउथे। आज आरोपी रूपेशलाई अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement