सिलगढीको महानंदा नदी किनारमा अपरिचित किशोरको मृतदेह

Capture1-8.png

सिलगढी: सिलगढी महानगरपालिकाको वडा नम्बर ३ मा महानदीको किनारमा एक अपरिचित किशोरको मृतदेह फेला परेको छ।यो घटनापछि क्षेत्रमा सनसनी मच्चिएको छ। स्थानीयवासीले आज साँझ नदीमा मृतदेह तैरिरहेको देखेपछि पुलिसलाई खबर गरेका थिए। तुरुन्तै घटनास्थलमा पुलिसदल पुगेर मृतदेह हिरासतमा लिएर पोस्टमार्टमको लागि पठाएको छ।

प्रारम्भिक मूल्याङ्कनमा ती किशोर १४-१५ वर्षका थिए र करिब दुई दिनअघि नै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। शव अन्य ठाउँबाट तल ल्याएको हुन सक्ने आशंका गरिएको छ। तर, यो रिपोर्ट तयार पार्दासम्म मृतकको परिचय खुल्न सकेको छैन। प्रहरीले घटनाको बिषयमा बिस्तृत अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement