हिमाचलमा बादल फाट्दा ९ सवारीसाधन बगायो

00-1-HP-copy

मनाली: हिमाचल प्रदेशको कुल्लुको कायस गाउँमा सोमबार बिहान बादल फट्यो। जसका कारण १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। ९ सवारी साधन पानीमा बगेका छन्। कुल्लुको खरहलमा पनि मध्यरातमा बादल फट्यो, नालीमा बाढी आएपछि नेउली विद्यालय र कैयौं घर डुबानमा परेका थिए। अर्कोतर्फ दिल्लीमा यमुना नदीको जलस्तर लगातार घटिरहेको छ। यसैबीच, उत्तराखण्ड र उत्तर प्रदेशका धेरै जिल्लाहरूमा गंगा नदीको पानीको स्तर अहिले खतराको निशान नजिक पुगेको छ। आइतबार हरिद्वारमा गंगाको जलस्तर २९३.१५ मिटर रेकर्ड गरिएको थियो भने खतराको निशान २९४ मिटर रहेको छ। नदी छेउछाउका क्षेत्रमा सतर्कता अपनाइएको छ। गंगा नदी देवप्रयागमा २० मिटर र ऋषिकेश पुग्दा १० सेन्टिमिटर बढेको थियो। वाराणसी र प्रयागराजमा घाट डुब्न थालेका छन्। कतिपय साना मन्दिरमा पानी भरिएको छ। दिल्लीमा चार दिन घटेपछि सोमबार यमुनाको जलस्तर फेरि बढेको छ। बिहान ११ बजेसम्म पानीको सतह २०५ दशमलव ७६ मिटर रहेकोमा आइतबार राति २०५ दशमलव ५२ मिटर रहेको थियो। श्रीनगरको जीभीके बाँधबाट पानी छोडेपछि अलकनंदा सहित गंगा नदीको जलस्तर बढेको छ। दिल्ली ट्राफिक पुलिसले बाढीको स्थितिमा केही सुधार आएपछि भैरोन मार्गलगायतका केही सडक यातायातका लागि खुला गरिएको बताएको छ। दिल्लीका दुईवटा वाटर ट्रीटमेन्ट प्लान्टबाट पानी हटाइएको छ र मेसिनलाई सुकाउने प्रक्रिया चलिरहेको छ। सबै कुरा मिल्यो भने आजैबाट खानेपानी शुरु हुन्छ। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement