प्रेस क्लव अफ् सिक्किमको २१औ स्थापना दिवस भव्यरूपमा पालन

IMG-20230717-WA0470.jpg

वरिष्ठ पत्रकार राजेन्द्र प्रधान कञ्चनजंघा कलम पुरस्कारले अलङकृत

गान्तोक। प्रेस क्लब अफ् सिक्किमको २१औं स्थापना दिवस आज राजधानीस्थित मनन केन्द्रमा भव्यरूपमा पालन गरियो। यस अवसरमा मुख्य अतिथिका रूपमा सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेती उपस्थित रहेका थिए। आजको कार्यक्रममा राज्यमा पत्रकारिताको क्षेत्रमा धेरै वर्षदेखि योगदान पुऱ्याउँदै आएका पत्रकारहरूलाई प्रदान गरिने कञ्चनजंघा कलम पुरस्कार यस वर्ष हिमाली बेलाका सम्पादक राजेन्द्र प्रधानलाई प्रदान गरियो भने अङ्ग्रेजी दैनिक समाचार पत्रकी संवाददाता इसाबेला गुरुङलाई लगनशील युवा पत्रकार पुरस्कार अनि राधा प्रधानलाई वरिष्ठ पत्रकार सम्मान पुरस्कारले सम्मान जनाइयो।

यसरी नै प्रेस क्लब अफ् सिक्किमद्वारा विविध क्षेत्रमा समर्पित भएर सेवा पुऱ्याइरहेका दुई व्यक्तित्वलाई अनसङ हिरोज पुरस्कार प्रदान गरियो। जसमा पर्यावरण संरक्षण, सम्बर्द्धनको क्षेत्रमा उल्लेख्य योगदान पुऱ्याउँदै आएकी प्रियदर्शिनी श्रेष्ठ र राज्यमा चेस खेललाई यहाँसम्म पुऱ्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा महेन्द्र ढकाललाई प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement