गान्तोकः राज्यका मुख्य सचिव बीवी पाठकको अध्यक्षतामा आगामी ७७औं स्वतन्त्रता दिवस समारोहलाई लिएर तयारी बैठक आयोजन गरियो। टाशीलिङ सचिवालयको सम्मेलन कक्षमा आयोजित तैयारी बैठक सिक्किम सरकारका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।
बैठक आयोजन गर्नुको उद्देश्य स्वतन्त्रता दिवस समारोहको सफल आयोजन सुनिश्चित गर्नु रहेको बताइएको छ। मुख्य सचिव पाठकले कार्यक्रमको तयारी हेतु व्यवस्थाको बारेमा बताए। उनले लाइन विभागहरूको जिम्मेदवारी र भूमिकामाथि पनि प्रकाश पारे।
उनले सम्बन्धित विभागहरूलाई समयमा तयारी पूरा गर्न निर्देश दिॅंदै कार्यक्रमको सफलता सुनिश्चित गर्न राम्रो समन्वय राखेर काम गर्न आह्वान गरे। बैठकमा विभिन्न विभागका अधिकारीहरूले आफ्नो सुझाउ र सिफारिशहरू पनि राखेका थिए।
-हिस