कोलकाताः बेंगलुरूमा कंग्रेस नेत्री सोनिया गान्धीद्वारा आयोजित रात्रिभोजमा माकपा नेता सीताराम येचुरी र तृणमूल सुप्रीमो ममता ब्यनर्जी सामेल भएको सन्दर्भमा भाजपा र माकपामाझ बंगामा भनाबैरी शुरू भएको छ। भाजपा विधायक अग्निमित्र पलले ट्वीटरमा सीताराम येचुरी, राहुल गान्धी, ममता ब्यनर्जी र माकपा नेता मोहम्मद सलीमलाई ट्याग गर्दै लेखेका छन्, गत केही दिनअघि पटनामा सम्पन्न बैठक पश्चात जसरी माकपाको मुखपत्र ‘गणशक्ति’-बाट ममताको तस्वीर र उनको सम्बन्धमा उल्लेखित बयानलाई हटाइएको थियो यसपालि त्यस्तो हुनु हुँदैन। हामी चाहन्छौं कि महाविपक्षले बैठकको समाचारमा सीताराम येचुरीसित ममताको तस्वीर प्रकाशित गरोस्।
ट्वीटरमा पलले भनेका छन्, माकपाले कैयौं पटक भनिसकेको छ कि ममताको हात रगतले लतपतिएको छ। त्यसो हो भने म कमरेड्ससित सोध्न चाहन्छु कि आजको डिनरपछि उनको भनाइ के छ?, के अहिले पनि उनीहरूको राजनीतिक पार्टनर तृणमूल कंग्रेस लोकतान्त्रिक छ? कृपया गणशक्तिको पहिलो पृष्ठमा प्रकाशित हुने महाविपक्षी बैठकको समाचारमा ममता ब्यनर्जीको तस्वीरलाई एडिट गरेर नहटाउनु होला। यद्यपि यसको जवाफमा मोहम्मद सलीमले गुजरातका मुख्यमन्त्री छँदा नरेन्द्र मोदीसित ममता ब्यनर्जीको भेटको तस्वीर साझा गर्दै लेखेका छन्, हेर्नुहोस् तपाईहरूको प्रधानमन्त्री गुजरात नरसंहारपछि कसरी ममता ब्यनर्जीसित भेटिरहेका थिए। सचिवालयमा हालैमा सम्पन्न आन्तरिक सुरक्षाको समीक्षा बैठकपछि अमित शाहसित लिइएको ममताको तस्वीर पनि मोहम्मद सलीमले साझा गर्दै लेखेका छन्, यो हालैको तस्वीर हो। आफ्नो ट्वीटमा अग्निमित्राले सोनिया गान्धीसित प्रश्न गरेका छन्, के ममता ब्यनर्जीसित सोनियाले बंगालमा भएको कंग्रेस कार्यकर्ताहरूको हत्याको बारेमा एउटा पनि प्रश्न सोध्न सक्छन्?
-हिस