विपक्षी बैठकमा सामेल हुन अभिषेकको साथ प्रस्थान भइन् ममता

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः कांग्रेसकी वरिष्ठ नेत्री सोनिया गान्धीको तर्फबाट बेङ्गलुरूमा गैर भाजपा पार्टीहरूका विपक्षी नेताहरूको बैठक सह रात्रि भोजको आयोजन गरिएको छ। यसमा सामेल हुन तृणमूल सुप्रीमो ममता ब्यानर्जी आफ्ना भतीज अभिषेक ब्यानर्जीलाई साथमा लिएर प्रस्थान भएकी छन्। सोमवार दिउँसो उनी विशेष विमानमा प्रस्थान भइन् र बेङ्गलुरू पुगेकी छन्। त्यहाँ कांग्रेस नेताहरूले उनीहरूको स्वागत गरे।

यसअघि 3 जूनमा पटनामा बैठक भएको थियो, जसमा ममता सामेल भएकी थिइन्। यसपछि पञ्चायत चुनाउमा कांग्रेससित तीखो मतभेदपछि उनले बेङ्गलुरू जान खारेज गरेकी थिइन्। तर पार्टी अध्यक्ष मल्लिकार्जुन खड़गेको तर्फबाट बारम्बार अनुरोध गरिएपछि उनी बेङ्गलुरू पुगेकी छन्। २०२४ को लोकसभा चुनाउअघि भाजपा विरूद्ध एकजुटताको अभियान शुरू भएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement