कोलकाताः मुर्शिदाबाद जिल्ला अन्तर्गत हरिहरपाड़ा क्षेत्रमा हालमा पञ्चायत चुनाउमा जित दर्ता गर्ने तृणमूल उम्मेदवारका पतिलाई बन्दूकको साथ पक्राउ गरिएको छ। उसको नाम शरीफुल बताइएको छ। पञ्चायत चुनाउअघि उसले एक स्थानीय दोकानेलाई सड़कमा बर्बर तरीकाले हिर्काएको थियो र बन्दूक देखाएर धमकी दिएको थियो। सोशल मीडियामा यसको भीडियो भाइरल भएको थियो।
त्यही घटनाको आधारमा पुलिसले जाँच शुरू गरेको थियो। आइतवार राति शरीफुलको घरमा पुलिसले छापा मारेको थियो। उसलाई हिरासतमा लिइएपछि तलाशी अभियान चलाइयो जसमा एक सिङ्गर शटर बन्दूक उद्धार भयो। यसपछि उसलाई पक्राउ गरी सोमवार बहरमपुर जिल्ला कोर्टमा पेश गरी पाँच दिनको हिरासमा लिइएको छ। व्यक्तिसित सोधपुछ गरी उसले बन्दूक कहाँबाट पायो, यसबारे जानकारी जुटाइनेछ।
-हिस