कोलकाताः पश्चिम बंगालको बेरकपुर स्टेशनमा साताको पहिलो दिन सोमवार रेलवे लीकमा विरोध प्रदर्शन भएको छ। यसले गर्दा धेरै लोकल ट्रेनहरू र एक्सप्रेस ट्रेनहरूलाई रद्द गर्न पऱ्यो। साताको पहिलो दिन अफिस गइऱहेका मानिसहरूलाई यसले गर्दा भारी समस्याको सामना गर्न परेको छ। बिहान लगभग ९ बजी बेरकपुरको १४ नम्बर रेल गेटलाई बेरकपुर नागरिक मंचका कार्यकर्ताहरूले जाम गरे।
यहाँ रेल गेट नजिक एक फुट ओवरब्रिज थियो, जसको प्रयोग गरी यात्रीहरू सुरक्षित यतादेखि उतापारि जानेगर्थे तर रेलवेले यसलाई भत्काएको दाबी छ। यसले गर्दा यात्रीहरूलाई भारी समस्या भइऱहेछ। यसलाई तत्काल बनाउने माग गरियो। धेरै पल्ट रेलवे अधिकारीहरूलाई चिट्ठी दिइएपनि केही भएन, जसपछि विरोध प्रदर्शन भएको दाबी गरिएको छ। धेरै बेरसम्म लोकल ट्रेनहरूको आवाजाही बाधित रह्यो, जसबाट भारी समस्या भएको छ।
घटनास्थलमा पुगेका रेलवेका अधिकारीहरूले प्रदर्शनकारीहरूलाई सम्झाए औं छिट्टै नै ओवरब्रिजको निर्माण गरिने आश्वासन दिए। यसपछि प्रदर्शन समाप्त भएको छ। रेलवे अधिकारीहरूको भनाई छ, विरोध प्रदर्शन गरिरहेका मानिसहरूलाई सम्झाएर हटाइएको छ। बिहान लगभग ११ बजी ट्रेनहरूको परिचालन सामान्य भएको छ।
-हिस