गान्तोक: दिल्ली भ्रमणको क्रममा रहेका राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई दिल्लीस्थित सिक्किम हाउसमा भेट गरे। भेटको क्रममा विशेष गरेर राज्यपालको स्वास्थ्यमाथि जानकारी लिँदै राज्यको विभिन्न महत्वपूर्ण विषयहरूमा पनि छलफल गरिएको बताइएको छ। भेटको क्रममा सिक्किमको प्रगति र समृद्धिको साझा भिजन झल्काउँदै बैठक सकारात्मकरूपमा सम्पन्न भएको जानकारी गराइएको छ।

यस अवसरमा मुख्यमन्त्रीका साथमा पर्यटन, वाणिज्य तथा उद्योग तथा सूचना एवम जनसम्पर्क विभागका मन्त्री बीएस पन्तको पनि उपस्थिति रहेको थियो।